चैत्र १४ ,काठमाडौँ ।
सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि उठाइएकाे संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा धर्ना तथा प्रदशन गरेको छ ।
आन्दोलनकारी र प्रहरी बीच भएको झडपमा एकदर्जन भन्दा बादीलाइ नियेंत्रन्मा लिएको छ ।प्रहरीले गरेको लाठी चार्जमा नेवाः अनलाईनन्यूजया संरक्षकलिसें बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको सिरमा गम्भीर चोट लागेको छ । घाइते पत्रकार असंबरेलाइ एभरेष्ट अस्पतालमा उपचारको निमित्त लागिएको छ ।
बानेश्वोरमा प्रहरींले शान्तिपूर्ण धर्ना र जुलसमाथि लक्षित गरि पाच भन्दा बदी टियर ग्याँस छोडिएको छ भने जुलुसलाई तितर बितर पार्दै पानीको फोहरा प्रयोग गरेको छ ।
माइती घरमा आन्दोलनकारी र प्रहरीको झडपमा प्रहरीको गाडीमा समेत सिसा फुटेको छ । पक्राउ परेका आन्दोलनकारी माथि निर्मम कुटपिट गरि हिरासतमा लिएको भन्दै मानवाधिकार वादीहरु महानगरीय प्रहरी प्रवाह बानेश्वोरमा गइ अनुगमन गरेको सडक बिस्तार संघर्ष समितिले जानकारी गराएको छ ।
सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति तिरेर मात्र सडक विस्तार गर्नुपर्ने भन्दै पीडितले दायर गरेकाे मुद्दामाथि सवाेच्चले उनीहरुकै पक्षमा छ महिना अगाडी पूर्ण इजलासले मुद्दामाथिकाे बहस पछि पीडितलार्इ मुवाब्जा दिनुपर्ने फैसला गरेकाे हाे ।
तर आफुहरुको पक्ष्यमा फैसला भएको छ महिना बितिसक्दा पनि पूर्णपाठ हाल नदिएको र सरकाले हालै एक अर्व छव्बिस करोड सडक बिस्तारको लागि निकासा गरेसंगै पुनः सडक विस्तार गरिन लागेकोमा बिरोधमा उत्रिन परेको पीडिततर्फका कानुन ब्यबसायी जितेन्द्र बज्राचार्य बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

