नेपित्व, १४ चैत ।
म्यानमारको राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार उ विन मिन्त निर्वा्चित हुनुभएको छ ।
मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका निकटस्थ व्यक्ति मानिनुहुन्छ ।
सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वा्चित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो ।
म्यानमारको युनियन संसदले बुधबार उहाँलाई म्यानमारको राष्ट्रपतिमा निर्वा्चित गरेको हो । उहाँले म्यानमारको सभामुख भएर काम गरिसक्नुभएको छ ।
उहाँसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गर्नुभएको थियो ।
म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गर्नुभएको थियो ।
उहाँले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिनुभएको थियो ।