आर्थिक श्वेतपत्र जारी गर्ने सरकारको तयारी , बजेट गृहकार्य पनि तिव्र

आर्थिक श्वेतपत्र जारी गर्ने सरकारको तयारी , बजेट गृहकार्य पनि तिव्र

  • बुधबार, चैत्र १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, चैत्र १४।
मुलुकको वर्तमान आर्थिक अवस्था र सरकारको आगामी योजना नीति समावेश गरेर सरकारले स्वेतपत्र ल्याउने तयारी गरेको छ ।

अर्थतन्त्रका मुख्य मुख्य क्षेत्रको अवस्था तथा आगामी ५ वर्षमा सरकराले लिने आर्थिक रणनीतिलाई समावेश गरेर भोलीसम्ममा श्वेत पत्र जारी गर्न लागिएको अर्थमन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

र्अतन्त्रको वर्तमान परिदृश्यमा रहेर आर्थिक समृद्धिको ५ वर्षे खाका तयार गर्न लागिएको पोखरेलको भनाई छ । मुलुकको अर्थतन्त्र पछिल्लो समय नाजुक बन्दै गईरहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाले अहिलेको अवस्था र भावी कार्ययोजना समावेश गरेर स्वेतपत्र जारी गर्न लाग्नुभएको हो ।

आगामी आर्थिक वर्षका लागि बजेट गृहकार्य समेत शुरु गरिसकेको यसलाई कार्यन्वयन गर्न सघाउ पुग्नेगरि स्वेतपत्र जारी गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ । जेठ १५ गते वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट गृहकार्य पनि तिव्र बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी