अाेली भन्छन्, “एकजना बच्चालाई मैले नाम लेखाइदिन्छु, मन्त्री र माननीयले पनि त्यसै गर्नुहुन्छ”

अाेली भन्छन्, “एकजना बच्चालाई मैले नाम लेखाइदिन्छु, मन्त्री र माननीयले पनि त्यसै गर्नुहुन्छ”

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौँ, १३ चैत  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उहाँले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताउनुभएको हो ।

“यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मन्त्री र माननीयले पनि त्यसै गर्नुहुन्छ ।”

निरक्षरतालाई दुई वर्षभित्र उन्मूलन गर्ने नीतिअन्तर्गत यसपालीको विद्यालय भर्ना अभियानलाई व्यापकता दिन लागिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब दुई वर्षमा नेपालबाट निरक्षरता उन्मूलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सदस्य र स्थानीय तहका सबै जनप्रतिनिधिले एक/एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।”

मधेशका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकाले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो रहेको छ, उहाँले भन्नुभयो – “मैले निश्चित त गरिसकेको छैन तर तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मेरो छ ।”

प्रधानमन्त्री ओलीले यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभई विद्यालयको पढाइ पूरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको चर्चा गर्दै “यो एउटा उत्प्रेरणा जगाउने अभियान हो” भन्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा शुरु गर्छ ।”

युवालाई देश निर्माणमा लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई निर्मूल पार्न युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रधानमन्त्री ओलीको समृद्ध नेपालको सपना पूरा गर्ने एउटा महत्वपूर्ण खम्बा युवा परिषद् हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि एक वडा एक उद्यम, स्थानीय तह, प्रदेशसभा र केन्द्रीयस्तरमा युवा संसद् तथा स्वयंसेवक दस्ता बनाएर अघि बढ्न आवश्यक छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ