जलवायु वित्तसम्बन्धी तीन प्रकाशन सार्वजनिक

जलवायु वित्तसम्बन्धी तीन प्रकाशन सार्वजनिक

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

 

काठमाडौँ, १३ चैत ।

जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धी ‘जलवायु परिवर्तन वित्तीय ढाँचा’, ‘ग्रीन क्लाइमेट फन्ड’ र जलवायु वित्तसम्बन्धी शब्दावली नामक प्रकाशन सार्वजनिक गरेको हो ।

नेपालजस्ता अतिकम विकसित देशहरु जलवायु परिवर्तनको व्यापक प्रभाव परेको र त्यसलाई सामना गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने कार्यलाई सहज तुल्याउने तरिकाका विषयमा प्रकाशनमा समेटिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख केबलप्रसाद भण्डारीले नेपाले राष्ट्रिय जलवायु वित्तका मार्गमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनबाट प्रभावित गरिब एवं असुरक्षित जनताका सहायताका लागि कार्यक्रम बनाउन कार्यादेश गर्न प्रकाशित प्रकाशनले सहयोग गर्ने बताउनुभयो । सहसचिव भण्डारीले आगामी दिनमा स्थानीय, प्रदेश एवं संघीयस्तरमा जलवायु वित्त बजेटका कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले जलवायु हस्तक्षेपका लागि नियमित सेवा प्रवाह गर्ने राष्ट्रिय इकाइलाई एकीकृत गरी जलवायु बजेट संकेतलाई राष्ट्रिय बजेटमा व्यवस्थित गरिसेको छ । जसअनुसार जलवायु बजेट संकेतले जलवायुका ११ मापदण्डअनुसार अतिसान्दर्भिक, सान्दर्भिक तथा तटस्थ गरी विभाजन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ