सांसदहरुको माग : बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ

सांसदहरुको माग : बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

हेटौँडा, १३ चैत ।

प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्नुभयो । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गर्नुभएको थियो ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गर्नुभयो । उहाँले भन्नुभयो – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उहाँले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गर्नुभयो । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गर्नुभएको थियो ।

यस्तै , प्रदेश नम्बर तीनको स्थायी राजधानी र नामाङ्कन तत्काल टुंगो लगाउन सांसदहरुले प्रदेश सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् ।

अस्थायी मुकाम हेटौडामा आज बसेको प्रदेशसभामा बिशेष समय लिएर बोल्ने अधिकांश सांसदले प्रदेश सरकार सुस्त गतिमा अघि बढेको भन्दै आपत्ति जनाएका हुन् ।

तीन नम्बर प्रदेशको मुख्यमन्त्री नियुक्त र बैठक अरु प्रदेशको भन्दा अगाडि बसेपनि नामाङ्कन र स्थायी राजधानी तोक्ने विषयमा भने पछाडि परेको तर्फ सांसदहरुको गम्भीर चासो देखाएका थिए ।

सांसदहरु राजेन्द्र पाण्डे, रामेश्वर फुँएल, बुद्धिमान माझी, नुच्छेनारायण श्रेष्ठ, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, रिना गुरुङ लगायत सांसदले सरकारको कामकारवाही छिटो छरितो हुन नसेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

सरकारले विजनेश दिन नसक्दा प्रदेशसभा बैठक लामो समयसम्म स्थगित हुने गरेको भन्दै सांसदहरुले गम्भीर बन्न ध्यानाकषर्ण गराएका थिए ।

यस्तै सांसदहरुले उपसभामुख राधिका तामाङको विवादास्पद अभिब्यक्तिबारे जानकारी मागेका छन् । गाई काटेर खान पाउनु पर्ने आशयको उहाँको अभिव्यक्तिबारे आफै उपस्थित भएर सदनलाई जानकारी गराउन सांसदहरुको माग थियो ।

यसैबीच, प्रदेशसभाको आजको बैठकले पाँचै वटा विषयगत समितिको सभापति चयनका लागि आगामी बिहीवार मतदान समय निर्धारण गरेको छ ।

समितिमा रहने सदस्यहरुको नामावलीलाई आज अन्तिम रुप दिदै बैठकले पर्सि बिहीवार सभापति चयनका लागि समय तोकेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ