नेप्सेमा सुधारको संकेत : नाघ्यो १२ सय बिन्दु

नेप्सेमा सुधारको संकेत : नाघ्यो १२ सय बिन्दु

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, चैत १३ ।
शेयरबजार परिसूचक नेप्से मंगलबार ३९ अंकभन्दा धेरैले बढेको छ ।

हिजो झण्डै ५२ अंकले घटेको नेप्से आज ३९ दशमलव १६ अंकले बढेर १२ सय ८ बिन्दुको नजिकै पुगेको हो । नेप्से हिजो घटेर ११ सय ६८ दशमलव ५५ अङ्कमा ओर्लिएको थियो । आज बजार खुले लगत्तै ओरालो लागेको नेप्से केहीबेरपछि बढ्न थालेको थियो ।

आज वाणिज्य बाहेकका सबै समूह बढेको दिन सबैभन्दा धेरै बीमा समूह झण्डै २ सय ९४ अंकले बढेको छ । त्यस्तै होटल समूह १ सय २६ भन्दा बढी, लघुवित्त समूह साढे ५६, जलविद्युत समूह झण्डै ६२ र बैकिङ समूह ३३ भन्दा धेरैले बढेको छ ।

समग्र बजार बढे पनि वाणिज्य समूह भने मंगलबार ३ अंकभन्दा धेरैले घटेको छ । ५० करोडभन्दा धेरैको कारोबार भएको दिन आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेनस कम्पनीको शेयर १० करोडभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी