राधिकाको कडा विज्ञप्तिः यो सरासर झुठ र निन्दनीय छ” (यस्तो छ पूर्णपाठ)

राधिकाको कडा विज्ञप्तिः यो सरासर झुठ र निन्दनीय छ” (यस्तो छ पूर्णपाठ)

  • सोमवार, चैत्र १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

१२ चैत्र,काठमाडौँ । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले सुनियोति ढंगबाट आफूलाई जोडेर गलत प्रचार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

तामाङले सोमबार विज्ञप्ति जारी गरेर मकवानपुर हेटौडा उपमहानगरपालिका पदमपोखरीको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ध्यानाकर्षण गराइएको विषयलाई व्यक्तिगत रुपमा जोडेर गलत प्रचार गरिएको बताएकी छन् । उनले नेपाल तामाङ घेदुङले घटनालाई लिएर गृहमन्त्री बादललाई भेट्ने क्रममा आफू पनि उक्त टोलीमा सहभागी बताउँदै तामाङले केही संचारमाध्यहरुले नियोजित रुपमा तथ्यलाई बंग्यार झुटो प्रचार गरेको बताएकी छन् ।

“नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागी भएको हो । तर केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ” राधिकाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

लडेर मरेको गाईलाई व्यक्तिगत रिसिइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र दुःख दिने विचौलियाबाट भौतारिरहेका पीडितहरुलाई न्यायको लागि सम्बन्धीत निकायसम्म पुर्याउने आफ्नो जिम्मेवारी भएको भन्दै राधिकाले भनेकि छन्, “मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी हो । गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो कर्तव्य ठान्दछु र निर्दाेषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो ।”

प्रेस नोटको अन्त्यमा उपसभामुख राधिकाले धर्म निरपेक्षतामाथि नै प्रहार गर्नुको साथै सामाजिक सद्भावमा ठेस पुर्याउने नियतले गलत सूचना सम्प्रेशण गरिएको बताएकी छन् । उनले उक्त कार्यलाई पराजित मानसिकताको उपज भएको भएको समेत बताएकी छन् । साथै, तामाङले राजनीतिक अभीष्ट पूर्तीको लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन समेत सबैलाई आग्रह गरेकी छन् ।

“देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ । यस सन्दर्भमा अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु । यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पु¥याउने, धर्म निरपेक्षता माथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भै राजनीतिक अभीष्ट पूर्तिका लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन सबैमा आग्रह गर्दछु” प्रेस नोटमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठः

प्रेस नोट

मिति २०७४ चैत्र ७ गते नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको हे.उ.न.पा. १२ पदमपोखरीको घटना सम्बन्धमा गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएको घटना सन्दर्भमा मेरो नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागी भएको हो । तर केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ ।

त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद् छ । मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी हो । गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो कर्तव्य ठान्दछु र निर्दाेषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो ।

देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ । यस सन्दर्भमा अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु । यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पुर्‍याउने, धर्म निरपेक्षता माथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भै राजनीतिक अभीष्ट पूर्तिका लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन सबैमा आग्रह गर्दछु ।

राधिका तामाङ
उप सभामुख
प्रदेश–३

१२ चैत्र, २०७४

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ