प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • सोमवार, चैत्र १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौ ,१२ चैत्र ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वर स्थित संघीय संसदको भवनमा दिउसो १ बजे पछि बस्ने बैठकमा यसअघिका सरकारले सिफारिस गरेको तीन ओटा अध्यादेशमाथि छलफल हुने संघिय संसदको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यायदेश पेश गर्ने तयारी भएको संसदका प्रवत्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै आजै राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशको प्रक्रिया पनि अघि बढ्नेछ । त्यसअघि गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश आज संसदमा दर्ता गर्दै छन् ।

कानुन मन्त्रालयको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश भने गत शुक्रबारै संसदमा दर्ता भइसकेको छ । सम्बन्धित मन्त्रालयका मन्त्रीले बैठकमा अध्यादेश पेस गरेपछि संसदमा त्यसमाथि छलफल हुनेछ ।

राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वतः निष्क्रिय हुने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ