एजेन्सी ११ चैत्र ।
अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन भएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा ‘मार्च फर आवर लाइभस् लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका थिए ।
वासिङटनमा भएको प्रदर्शनमा झण्डै पाँच लाख व्यक्ति सहभागी भएका छन् । यसबाहेक अन्य आठ सय भन्दा धेरै ठाउँमा विरोध प्रदर्शन भैरहेको बीबीसीले जनाएको छ ।
उनीहरुले बन्दुकलाई नभइ बालबालिकालाई जोगाउन आग्रह गरेका छन् । गएको महिना फ्लोरिडाको एउटा विद्यालयमा गोली चल्दा १७ जनाको ज्यान गएपछि बन्दुक नियन्त्रणको माग बढेको हो ।
अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै लण्डन, एडिनबरा, जेनेभा, सिड्नी र जापानको टोक्यो शहरमा पनि प्रदर्शन भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline