काठमाडौ ११ चैत्र ।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेलले प्रहरी प्रति जनताको गुमेको विश्वास उठाउने अभियानमा लाग्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
आज काठमाडौं प्रहरी मातहतको प्रहरी वृत्त र प्रभागको मुद्दा शाखामा कार्यरत १ सय १५ जना प्रहरी अधिकारीलाई संगको छलफलमा उहाले प्रहरी अधिकारीलाई निष्पक्ष, इमान्दार, व्यवसायिक, पारदर्शी र साझा बन्न निर्देशन दिनु भएको हो ।
एक घण्टा लामो ब्रिफिङ गर्नुभएका पोखरेलले जनताले प्रहरीबाट निष्पषता र न्याय पाए भने मात्रै प्रहरी संगठनको गरिमा बढ्ने भन्दै लोभलाभबाट मुक्त भएर काम गर्न उहाले प्रहरीलाई आग्रह पनि गर्नुभएको छ ।
मुद्दा शाखामा कार्यरत अधिकारी उच्च क्षमता र मूल्याङ्कन बाकेको हुनु पर्ने भन्दै उहाले पीडितलाई न्याय दिनकुरामा उत्साह नदेखाएमा प्रहरीको छवि विग्रिने बताउनु भयो ।
कुनै पनि मुद्दा शाखामा काम गर्ने अधिकृत जवानहरुले पीडितलाई दुःख दिने र पीडकलाई उत्साहित बनाउने काम गरेमा त्यो कारबाहीको भागेदार हुने उहाको भनाई थियो ।