कोशी बन्दले पूर्वकाे जनजीवन ठप्पः एकाबिहानै बम बिस्फाेट र अागजनी

कोशी बन्दले पूर्वकाे जनजीवन ठप्पः एकाबिहानै बम बिस्फाेट र अागजनी

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले आव्हान गरेको कोशी बन्दको कारण पूर्वकाे जनजीवन ठप्प भएकाे छ । बन्दको कारण झापाबाट देशका विभिन्न ठाउँमा सञ्चालित हुने सगरमाथा यातायात व्यवसाय सङघले बन्दलार्इ स्वतस्फर्त रूपले सर्मथन गरेका छन् ।

त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी बस व्यवसाय, शप्तकोशी बस व्यवसायहरु टिकट नै नकाटेर यातायात बन्द गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत तीन जिल्लाका इन्चार्जकाे गिरफ्तारका विरूद्ध नेकपाले बाध्य भएर काेशी अंचल बन्द गर्नु परेकाे बताएकाे छ।

बन्द अावहान गरेकाे दिन अाइतबार बिहानै सुनसरीकाे धरान , माेरघकाे पथ्री शनिस्चरे र उर्लाबारीमा पनि बम फेला परेकाे हाे । धरानकाे भानुचाेकमा बिहानै शंकासपद बस्तु भेटिएपछि तत्काल प्रहरीले सतर्कता बढाएकाे छ । अहिले साे स्थानमा बाक्लाे शुरक्षाकर्मीपरिचालन गरीएकाे छ ।

नेपाली सेनाकाे बम डिस्टाेपाेजल टाेली घटनास्थल पुगेर साे बस्तुलार्इ डिस्पाेजल बनाउने तयारी गरीरहेकाे इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएकाे छ ।त्यसैगरी माेरङकाे पथरी शनिश्चरे र उर्लाबारीमा पनि अाइतबार बिहानै संकासपद बस्तु फेला परेकाे छ । पथरी शनिश्चरे अन्तरगत महेन्द्र राजमार्गकाे कल्भर्टमा रहेकाे शंकासपद बस्तुलार्इ नेपाली शेनाकाे डिस्पाेजल टाेलीले डिस्पाेज गरीसकेकाे छ ।

बिहान ७ बजे स्थानीयले एक कार्टुनमा खतरा लेखेकाे देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए ।  पक्राउ परेका अाफ्ना कार्यकर्ताहरू रिहाइकाे माग गर्दै अाइतबार काेशी बन्दकाे अावहान गरेकाे बिप्लव समुहले उक्त बम अातंक मच्चाएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

त्यसै गरी माेरङकै उर्लाबारी ३ मा पनि शंकासपद बस्तु फेला परेकाे इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएकाे छ । फेला परेकाे बस्तुलार्इ डिस्पाेज गर्ने तयारी भइरहेकाे र नेपाली शेनाकाे डिस्पाेजल टाेली घटनास्थलमा पुगिसकेकाे जानकारी प्राप्त भएकाे छ । काेशी बन्दका कारण पुर्वी पहाडी भेग लगायत जिल्लाकाे जनजिवन प्रभावित बनेकाे छ ।

बन्दका कारण धरानमा दूधका गाडी र एम्बुलेन्स लगायतका अत्यावश्यक गाडि चले पनि अरू ठप्प छ । कोशी पहाडी क्षेत्र चल्ने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

कोशी पहाडी क्षेत्रका धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका स्थानका हिडेका यात्रुहरु अहिले भानुचौकमै अलपत्र परेर बसेका छन् ।

यता पूर्वका बिभिन्न स्थानहरूमा बम बिष्फाेट भए संगै प्रदेश नं एककाे प्रहरी कार्यालयले उच्च सतर्ता अपनाएकाे जनाएकाे छ । पूर्वकाे मुख्य शहरहरूमा बाक्लाे प्रहरी तैनाथ गरीएकाे छ । सुनसरीकाे इटहरी , धरान , इनरूवा , माेरङकाे बिराटनगर , उर्लाबारी , पथरी लगायतका शहरहरूमा शसस्त्र प्रहरी , जनपथ र नेपाल प्रहरी परिचालन गरीएकाे जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ