जनताको समृद्धिका लागि सहयोग आवश्यक : मुख्यमन्त्री राई

जनताको समृद्धिका लागि सहयोग आवश्यक : मुख्यमन्त्री राई

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

विराटनगर, १० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको आज उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेको बताउनु भयो ।

मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताउनुभयो ।
उहाँले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको बताउनु भयो ।

मुख्यमन्त्री राईले देश हिजो लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पु¥याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लायन्स डिष्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यलाई सम्मान गरिएको थियो ।

एकदिने वार्षिक सम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वनका काठमाडौँदेखि मेचीसम्मका एक हजार २०० लायन्स सदस्यको सहभागिता रहेको लायन रोशन खडकाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ