क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँच क्याटलन नेता हिरासतमा

क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँच क्याटलन नेता हिरासतमा

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी , १० चैत ।
स्पेनको क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई प्रहरीले हिरासतमा लिएको छ ।

मड्रिडस्थित सर्वोच्च अदालतको आदेशमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ती नेताहरूमाथि स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ ।

उनीहरु सुनुवाइको क्रममा रहेकाले भाग्न नपाउन भनी हिरासतमा राख्न आदेश दिएको अदालतले जनाएको छ । स्पेनी सर्वोच्च अदालतको आदेशपछि गएराति मध्य बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकोथियो ।

स्पेनी अधिकारीहरूले खोजी सूचीमा राखेका दुईजना पृथकतावादी नेताहरू स्वघोषित निर्वासनमा बेल्जियम र स्वीट्जरल्याण्डमा छन् ।

अदालतको आदेशको विरोधमा क्याटलन पृथकतावादीहरू सडकमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ