इलामको सन्दकपुर दुईदिने सांस्कृतिक महोत्सव शुरू

इलामको सन्दकपुर दुईदिने सांस्कृतिक महोत्सव शुरू

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

इलाम, १० चैत।

‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउ’ भन्ने नाराका साथ रामनवमीका असवरमा इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा आजदेखि दुईदिने सांस्कृतिक महोत्सव शुरू भएको छ ।

जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढाप पोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडीबुटीहरू, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शनी तथा अवलोकन प्रमुख आकर्षण रहने बताइएको छ ।

महोत्सवमा ढाप पोखरीमा ढुंगा सयर गर्नका साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाइने अध्यक्ष भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ