चक्रपथ पुगेर प्रचण्डले भने , मन स्वच्छ भए वातावरण स्वच्छ हुन्छ

चक्रपथ पुगेर प्रचण्डले भने , मन स्वच्छ भए वातावरण स्वच्छ हुन्छ

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, चैत १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्न आग्रह गर्नुभएको छ ।

काठमाडौंमा चक्रपथ सरसफाई अभियानमा सरिक हुँदै उहाँले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनु भयो ।

मुलुक निर्माणको महाअभियानमा सरिक हुन सबैलाई आह्वान गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

अब कुनै पनि काममा आलटाल गर्ने छुट कसैलाई नहुने भन्दै सरकारलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिनुभयो ।

गृह मन्त्री रामबहादुर थापा, वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतलगायतले मन स्वच्छ भए वातावरण स्वच्छ हुने भएकाले मनबाटै जागरुकता जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सरसफाई अभियानमा योगदन पु¥याउनेहरुलाई सम्मानित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ