परराष्ट्र मन्त्रीलाई नौ कक्षा फेल भनेपछि ज्ञवालीले दिए यस्तो जवाफ …

परराष्ट्र मन्त्रीलाई नौ कक्षा फेल भनेपछि ज्ञवालीले दिए यस्तो जवाफ …

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, १० चैत । राजनितीक विश्लेषक तथा पत्रकार अच्युत वाग्लेले राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शैक्षिक योग्यता माथी प्रश्न उठाएका छन्। वाग्लेले राष्ट्रपति विधा भण्डारीलाई आइए फेल,उपराष्ट्रपति नन्दकिशोर पुनलाई टेस्ट फेल,प्रधानमन्त्री केपी ओलीलाई टेस्ट फेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नौ कक्षा फेल भन्दै ट्वीट गरे । उनले अगाडी लेखे- तिनले नै सत्ता चलाउने देश विरलै छन्।उनीहरुको पदको रवाफ र वुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोह भन्दा अरु छैन।’
वाग्लेको ट्वीट माथी धेरैले टिप्पणी गर्नुका साथै शेयर गरेका छन्।अधिकाँशले फेसबुक,ट्वीटर लगायत सामाजिक संजालमा वाग्लेको भनाईलाई मन पराएका छन् र परराष्ट्र मन्त्री ज्ञवाली माथि टिप्पणी गरेका छन्-‘ देशको परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालय जुन मन्त्रालय सम्हाल्ने मन्त्रीले विभिन्न विदेशी लगायत कुटनितिक निकायका मानिसहरुसँग भेटघाट,कुराकानी गरिरहन पर्ने र उनीहरुलाई आफ्नो कुरा राख्न पर्ने परराष्ट्र मन्त्री ज्ञवाली नौ कक्षा फेल भएपछि कसरी अंग्रेजी भाषामा आफ्नो भनाई राख्लान् ?’
एमाले भित्र वौद्धिक नेताका रुपमा चिनिने परराष्ट्र मन्त्री ज्ञवालीले वाग्लेको ट्विटको सामाजिक सञ्जालमा शालीन शैलीमा जवाफ फर्काए- ‘धन्यवाद वाग्ले सर, मेरो पढाईबारे केही शब्द खर्चिनु भएकोमा। सुकरातले भनेका थिए रे, म एउटै कुरा जान्दछु त्यो के भने म केही पनि जान्दिनँ। उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगी भर।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ