नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चितवन, चैत १० ।

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु लगायतका कारणले लागत मूल्य बढेको हो ।

विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । विभिन्न काममा हालसम्म करीव रु २७ करोड ७५ लाख खर्च भइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पहिराका कारण पर्खाल लगाउँदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउँदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।

सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ ।

यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव रु २६ करोड १३ लाख लागत अनुमान भएको छ ।

निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ