अखिल (क्रान्तिकारी)को पदाधिकारी चयन: को को आए जिम्मेवारीमा ?

अखिल (क्रान्तिकारी)को पदाधिकारी चयन: को को आए जिम्मेवारीमा ?

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१० चैत्र,काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको छ ।

हालै काठमाण्डौमा सम्पन्न संगठनको पूर्ण बैठकले पदाधिकारीको टुंगो लगाएको हो । गत फागुन ३० गते दाङमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनले अध्यक्षमा चिरञ्जिवी ढकाललाई निर्वाचत गरेको थियो भने अन्य पदाधिकारीको टुंगो लागेको थिएन ।

बैठकले संगठनको महासचिवमा प्रवल शाही , उपाध्यक्षमा रुद्र भट्टराई, सचिवमा सन्तोषी भट्टराई र कोषाध्यक्षमा नरेन्द्र बिकलाई चयन गरेको छ ।

अखिल ( क्रान्तिकारी)को महासचिवको जिम्मेवारी पाएका शाही र चन्द्र बुढाले सर्वोच्च अदालतभित्र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेका थिए ।

गत वर्षको पुस ७ गते भ्रष्टाचार गरेको भन्दै अखिल क्रान्तिकारीको नेतृत्वमा कार्कीमाथि कालोमोसो दलेको थियो । बुढा हाल नेकपाका रुकुम सेक्रेटरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ