आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा

आमसञ्चार नीतिको आधारमा छिट्टै कानून बन्छ : राज्यमन्त्री बाँस्कोटा

  • शुक्रबार, चैत्र ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

काठमाडौँ, ९ चैत ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय आमसञ्चार नीतिको आधारमा जतिसक्दो चाँडो कानून बनाउने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसको अवसरमा राजधानिमा आज आयोजित सामुदायिक रेडियोको नीति एवं स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले कानूनी कार्यान्वयनसँगै सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा भएका विभिन्न परिवर्तनका आन्दोलन र विपत्का समयमा पु¥याएको योगदानको कदर गर्नुभएको थियो ।

मन्त्री बाँस्कोटाले सामुदायिक रेडियोले दूुुरदराजका जनतालाई सुसूचित गराएको भन्दै सामुदायिक रेडियोको विकासका लागि आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले २०७२ सालको भूकम्पको समयमा सामुदायिक रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

पूर्वमन्त्री गंगाधर तुलाधर र प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनारले आम सञ्चारमाध्यमलाई नियन्त्रणभन्दा पनि नियमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ