महोत्तरी ९ चैत, ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिवासस्थित एसईई परीक्षा केन्द्रहरुको अनुगमन गर्नुभएको छ । आज बिहान गृहजिल्ला महोत्तरीका परीक्षा केन्द्रहरुमा पुगेर शिक्षा मन्त्री पोखरेलले अनुगमन गर्नुभएको हो ।
बर्दिवासका दुई विद्यालयमा अनुगमन गर्दै केन्द्राध्यक्षहरुलाई परीक्षा ब्यवस्थित र मर्या्दित बनाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको थियो ।
उहाले परीक्षा केन्द्रमा पुगेर परीक्षार्थीहरुलाई शुभकामना पनि दिनुभएको हो । महोत्तरीमा १०५ विद्यालयका परीक्षार्थीहरुले २९ परीक्षा केन्द्रबाट आज दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । महोत्तरीमा ८ हजार २२३ विद्यार्थीहरु एसईई परीक्षामा सहभागी छन् ।
मन्त्री पोखरेलले एसईई परीक्षाको पहिलो दिन काठमाडौं उपत्यकाका केन्द्रहरुमा अनुगमन गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline