बार एसोसिएसनको १४ राष्ट्रिय सम्मेलन आजदेखि सुरु 

बार एसोसिएसनको १४ राष्ट्रिय सम्मेलन आजदेखि सुरु 

  • शुक्रबार, चैत्र ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, चैत्र ९ ।
कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसनको १४ औ राष्ट्रिय सम्मेलन आजबाट नेपालगन्जमा सुरु हुँदै छ । तीन दिन सम्म सञ्चालन हुने सम्मेलनको राष्टपति विद्यादेवि भण्डारीले मध्यान्ह १२ बजे पछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको मुख्य नारा ‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ तय गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनलाई लिएर मुलुकमा बहस चलिरहेका बेला बार एसोसिएसनले राष्टिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मुद्दाले प्राथमिकता पाउने बताइएको छ ।

छलफलमा मुलुकभरका करिब ३ हजार कानुन व्यवसायी सहभागी हुने बताइएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादबारे मौन बसेको भन्दै बारको चर्को आलोचना भइरहेको बेला बारले सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा १० वटा विषयमा प्यानल बनाएर छलफल गरी नेपालगन्ज घोषणापत्र समेत जारी गरिनेछ । कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्या्दित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउने लगायत विषयमा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ