प्रचण्डले भने ,बाबुरामलाई दुःख गरेर नेता बनाएँ तर बौलाउनुभयो !

प्रचण्डले भने ,बाबुरामलाई दुःख गरेर नेता बनाएँ तर बौलाउनुभयो !

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

७ चैत्र,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई बौलाएको आरोप लगाएका छन् । उनले बाबुरामको नाम नलिएरै आफूले धेरै दुःख गरेर नेता बनाएको तर धेरै पढेर बौलाएका बताए ।

अध्यक्ष प्रचण्डले धेरै पढ्ने मान्छे धेरै नबुझ्ने हुने कुरा पुनः दोहोर्याएका छन् । केही दिन पहिला धेरै पढ्न नहुने भन्दै दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धेरै पढेका मान्छेहरुमा अहंकार, अराजकता धेरै हुने बताए ।

“हाम्रो पार्टीमा पनि बल्ल बल्ल धेरै दुःख गरेर एउटा वुद्धिजीविलाई नेतृत्वमा र्पुयाएको थिएँ, उहाँले धेरै पढ्नुभयो र झण्डै झण्डै बौलाउनुभयो” प्रचण्डले भने । उनले पार्टीका अरु बुद्धिजीवि पनि बौलाउन लागेको बताए । लेनिनले बुद्धिजीविमा पाइने अहंकार, अराजकता र आत्मकेन्द्रीत व्यक्तिवादले आन्दोलनलाई बर्बाद पारेको बताउँने गरेको प्रचण्डले बताए ।

कार्यक्रममा प्रचण्डले अर्का नेता विश्वभक्त दुलाल ‘अहुती’लाई पनि विदेशीको हितमा काम गरेको आरोप लगाए । प्रचण्डले उनको पनि नामै नलिएर सन्दाखेरि क्रान्तिकारी तर व्यवहारमा साम्राज्यवादीलाई सहयोग गर्ने गतिविधि गर्ने गरेको आरोप लगाए ।

केही दिन पहिला प्रचण्डले बाबुरामलाई पार्टीमा फर्कन आग्रह गरेका थिए । त्यसको जवाफमा बाबुरामले प्रचण्डसँग एकता गर्न आफ्ना आँखा नफुटेको बताउँदै आएका थिए । बुधबारै एक कार्यक्रममा भट्टराईले प्रचण्डसँग सामान्य कार्यगत एकता पनि हुन नसक्ने बताएका छन् ।onlinedabali

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ