नेपाल कम्युनिस्ट पार्टीद्वारा कोशी अञ्चल बन्दको घोषणा

नेपाल कम्युनिस्ट पार्टीद्वारा कोशी अञ्चल बन्दको घोषणा

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ , ७ चैत। 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इञ्चार्ज किरण राईलगायतलाई प्रहरीले बिनाकारण गिरफ्तार भन्दै एक दिने कोशी अञ्चल बन्दको घोषणा गरेको छ ।

राईसहित सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई प्रशासनले ७ दिने म्याद थपेपछि नेकपा पूर्वी कमाण्डले चैत्र ११ गते कोशी अञ्चल बन्दको आयोजना गरेको हो ।

उक्त पार्टीका पूर्वी कमाण्ड इञ्चार्ज विरहीले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई बिना शर्त रिहा गर्नुको साटो म्याद थपेकाले बाध्य भई बन्द आयोजना गर्नुपरेको जनाएका छन् ।

आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको विरुद्धमा चैत्र ६ गते चक्काजामको आयोजना गरेको थियो । चक्काजामको क्रममा सुनसरीबाट रोशनलाई प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

सोमबार साँझ धनकुटाको हिलेबाट राईसँगै धनकुटा इञ्चार्ज माधव गौतम ‘आकाश’ सेक्रेटरी नवराज भटराई, संखुवासभा इञ्चार्ज समुल सेक्रेटरी दिव्य बराल, तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बु, कोशीब्यूरो सदस्य सागर लिम्बुलाई पनि पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ