प्रचण्डका अगाडि सुमार्गीकी पत्नीले मन्त्रीलाई भनिन् , ‘ए ! तिमी पनि यहाँ ?’

प्रचण्डका अगाडि सुमार्गीकी पत्नीले मन्त्रीलाई भनिन् , ‘ए ! तिमी पनि यहाँ ?’

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

बुधबार बिहानैबाट हेटौंडाको चहलपहल बेग्लै थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सिरहामा भएको एक कार्यक्रम सकेर हेटौंडा पुगेका थिए ।

पार्टी अध्यक्ष आएपछि सानै भए पनि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश ३ का प्रायः मन्त्री गणहरुको पनि उपस्थिति रहेको थियो । त्यतिले मात्र नभएर कार्यकर्ता तथा व्यापारीको पनि उपस्थिति रहेको थियो । व्यापारी थिए अजय सुमार्गी जो एक नाम चलेकै व्यापारी हुन् । उनी एक्लै कार्यक्रममा गएनन् उनले साथमा पत्नीलाइ पनि लिएर गएका थिए ।

माओवादीसँग राम्रै हिमचिम भएकी अजयकी पत्नी बेलाबेला अध्यक्ष प्रचण्डको घरमा पनि जाने अाउने गरेकी थिइन् । उनले त्यहाँ माअ‍ोवादी केन्द्रबाट मन्त्री बनेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नीसमेत रहेकी अस्मिता सुमार्गीले सोधिन्, ‘ए ! तिमी पनि यहाँ ?’ उनले सार्वजनिक स्थानमा तिमि शब्दको प्रयोग गर्दा विचारा मन्त्रीज्यूलाई गाल नपरोस् पनि कसरी ? तर, उनले त्यसलाई सहज रुपमा लिए र भने, ‘अँ म यतै छु ।’ सामून्ने रहेका सुमार्गीले पत्नीको कुरा सुनेर अप्ठेरो मान्दै उनलाई चिनारी गराए र भने, ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ ।’ अस्मिताले भनिन्, ‘ए, थाहा थिएन ।’

मन्त्री र व्यापारीको कुरा नसुने पनि प्रचण्डले सबैले खैलाबैला गरेको मेसो पाए । उनले परिस्थितिलाई सामान्य रुपमा बनाइदिए । हुनत प्रधानमन्त्री भइसकेको व्यक्ति त्यस्ता कुरा सुनेर पनि किन बस्थे र । प्रचण्डको अंगरक्षक रहेका मन्त्री दुलाललाई पत्नीले तिमी भनेर सबैका सामु सम्बोधन गरेपछि हेटौंडामा तरंग पैदा भएको छ ।-kathmandutoday

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ