नयाँ आईजीपीको दौड सुरु: खनालको सम्भावना बलियो ,प्रचण्डले ओलीलाई दिए कडा चेतावनी

नयाँ आईजीपीको दौड सुरु: खनालको सम्भावना बलियो ,प्रचण्डले ओलीलाई दिए कडा चेतावनी

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नयाँ आईजीपीको दौड सुरु भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष स्रोतको दाबी छ ।

आईजीपी बन्ने दौडमा अरु डिआईजीहरु क्रमशः रमेश खरेल, पुष्कर कार्कीलगायत छन् । यिनीहरुमध्ये कार्कीले आफ्नो पक्षमा विशेष लविङ् गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दबाब थेग्न नसकेर कार्कीको पक्षमा निर्णय गर्न लागेको सूचना पाएपछि प्रचण्डले आज ओलीलाई भेटेर कडा चेतावनी दिएका हुन् ।

३० वर्षे सेवा हदका कारण आईजीपी अर्यालले चैत्र २८ गते सेवाबाट निवृत्त हुँदैछन् । प्रचण्ड र बादलको चाहनाअनुसार खनाल नै अग्र पंक्तिमा देखिन्छन् । यता खरेल पनि आर्यजीपी बन्ने दौडमा रहेका छन् उनले एमालेनिकट रहेर लबिङ गरिरहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ