धनकुटा, चैत्र ६ ।
नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय सदस्य तथा कोसी ब्युरो ईन्चार्ज किरण राई ९निसान० सहित गिरफ्तार सबै नेताहरुको रिहाईको माग गरेको छ ।
आज नेकपा पूवी कमाण्ड ईन्चार्ज विरहिले बिज्ञप्ती जारी गर्दै गएराति गिरफ्तार गरिएका सबै सात जना नेताहरुलाई तत्काल रिहा गर्न माग गर्नुभएको हो ।
गिरफ्तार पर्नेमा निसान सहित कोसी ब्युरो सदस्य सागर लिम्बु, धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ९ आकाश ०र धनकुटाकै सेक्रेटरी नवराज भट्टराई, तेहथुम सेक्रेटरी कमला कन्दङ्वा, सङ्खुवासभा ईन्चार्ज राजकुमार दङ्गाल र सेक्रेटरी दिब्य बराल रहेका छन् ।
उनीहरुलाई धनकुटाको हिलेबाट घरमा नै बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।
ईन्र्चाज विरहिले गैर न्यायीक ,अर्मयादीत फासिस्ट सरकारले विनाकारण आफना नेता कार्यकर्ता गिरफतार गरेको प्रती घोर भत्सना गर्नुभयो ।
साथै उहाँले गिरफतार गरीएका आफ्ना नेता कार्यकर्तालाई तत्काल विनासर्त रिहाई नगरिए शसतm प्रतिकारमा उत्रन आफनो पार्टी वाध्यहुने चेतावनी बिज्ञप्ति मार्फत दिनुभएको छ ।