कारागारलाई सुधारगृह बनाउनु पर्छ:गृहमन्त्री थापा

कारागारलाई सुधारगृह बनाउनु पर्छ:गृहमन्त्री थापा

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, चैत्र ६ ।
गृहमन्त्री रामबहादुर थापाले कारागारलाई यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भएको छ ।

राजधानीको सुन्धारास्थित सेन्ट्रल जेल र डिल्लीबजार कारागारको अवलोकन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री थापाले यसका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आफुले ठोस कदम चाल्ने बताउनुभएको हो ।

कैदीको क्षमता भन्दा बढी कैदीवन्दी कारागारमा राखिएको, कारागार जिर्ण अवस्थामा रहेको भन्दै मन्त्री थापाले नुवाकोटमा बन्ने नयाँ कारागारका लागि तत्काल काम अघि बढाउन मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

कैदीबन्दीहरुले आफुहरुले पाउँदै आएको दैनिक रकम बढाउनुपर्ने, वासस्थानको राम्रो व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।

अहिले कैदी बन्दीले दैनिक ४५ रुपैयाँ भक्ता पाउँदै आएका छन् । मुलुकभर हाल २० हजार १ सय ५५ कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागका अनुसार ७२ जिल्लाका ७४ कारागारमा १७ हजार ७ सय ६८ पुरुष, १ हजार ३ सय १८ महिला र १ हजार ६९ विदेशी कैदी बन्दी छन् ।

यस्तै आश्रित कैदी ८२ जना छन् । कारागारमा लागुऔषध कारोबारी कैदीको संख्या ४ हजार रहेको विभागका महानिर्देशक कृष्णप्रसाद आर्चायले बताउनुभयो ।

यस्तै करणी, कर्तव्य ज्यान, अपहरण, ठगी मुद्दामा करीव ८ हजार जनाले कारागार जीवन बिताइरहेका छन् । यस्तै काभ्रे कारागारमा २० र लम्जुङ कारागारमा २ जना मानसिक स्वास्थ्य समस्या भएका कैदीबन्दी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ