सरकारी गाडीमा ब्यक्तिगत रजाई गरे कारवाहीमा पर्ने

सरकारी गाडीमा ब्यक्तिगत रजाई गरे कारवाहीमा पर्ने

गृहले जनता संग भने '' सुचना दिनुस ''

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

 

चैत ५ , काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ ।
विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारी गाडीमा रातो नम्बर प्लेट  राखिएको भए तत्काल सरकारी नम्बर प्लेट नै राख्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ