कर्णाली प्रदेशमा मन्त्री अघिअघि, मन्त्रालय पछिपछिः मन्त्री रावल

कर्णाली प्रदेशमा मन्त्री अघिअघि, मन्त्रालय पछिपछिः मन्त्री रावल

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

५ चैत्र ,काठमाडौँ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश मन्त्रालय संचालन सम्बन्धी ऐन र कानुन नबनेका कारण सोँचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले सरकार संचालनका दैनिक कामसँगै ऐन र कानुन निर्माणलाई तीब्रता दिएको बताए ।
“केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानुन बनेका छैनन्, दैनिक कार्य संचालनसँगै ऐन र कानुन निर्माणलाई अगाडि बढाएका छौँ । अहिले मन्त्री अघिअघि र मन्त्रालय पछिपछि जस्तो भएको छ” मन्त्री रावलले भने ।
सोमबार संवाद डबलीमा अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रदेशलाई समृद्धि बनाउने गरी सरकारले काम सुरु गरेको बताए । आफ्नो मन्त्रालयभित्र शिक्षा, स्वास्थ्य, रोजगार, महिला, भाषासहित सातओटा विधा परेको बताउँदै मन्त्री रावलले भने,“मैले समालेको मन्त्रालयभित्र सातओटा विभाग छन्, प्रदेशका नागरिकलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने गरी कानुन बनाउँदै छौं ।” देशको समृद्धिको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री रावलले त्यसको लागि तयार हुन विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका वैकल्पिक पोलिट्ब्यूरो सदस्य गोरख बहादुर बोगटीले संक्रमणकालको अन्त्य भएको र संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धि बनाउनु अबको कार्यभार भएको बताए । कर्णाली प्रदेशमा क्षमतावान व्यक्तिहरु छैनन् भन्ने सोँचलाई तोड्न विद्यार्थी तयार हुनुपर्ने बोगटीले धारणा राखे ।
हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले केन्द्र र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्ने अबस्था रहेको बताए । केन्द्र सरकारसँग जोडिएका प्रदेशका कामहरुमा आफूले सहयोग गर्ने लामाले प्रतिवद्धता समेत जाहेर गरे ।
कार्यक्रममा सम्पर्क कमिटीका अध्यक्ष रविनविक्रम शाहीले अध्यक्षता गरेको कार्यक्रमको संचालन भरत रावतले गरेका थिए भने स्वागत पण्डवी बालकोटीले गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ