एमालेबाट निर्वाचित वडाअध्यक्षले किर्ते गरेर स्वंमसेवीकाको जागिर खाए !

एमालेबाट निर्वाचित वडाअध्यक्षले किर्ते गरेर स्वंमसेवीकाको जागिर खाए !

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

५ चैत्र,स्याङजा । नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधिमाथि किर्ते गरेको अारोप लागेको छ । स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडाअध्यक्ष गणेश बस्यालले किर्ते गरेर स्वयंसेवीकाको जागिर खाइदिएका छन् ।

साविकको मालुङ्गा-९ धाङलिङ्गमा विगत ४/५ महिनादेखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट फागुन ७ गते शान्ता भण्डारी नियुक्त भएकी थिइन् । तर वडाध्यक्षले किर्ते गरेर स्थानीय विष्णु खनाल (मथुरा) लाई नियुक्त गर्न फागुन २२ गतेको किर्ते माइन्युट बनाएका थिए ।

किर्ते कामको विरोध गर्दै स्थानीय अामा समूहले वडाअध्यक्षको कार्यालय घेराउ गरेका छन् । उनीहरुले वडाअध्यक्ष बस्यालले राजनैतिक आस्थाको आधारमा अर्को अाफ्नो मान्छे नियुक्त गर्न लागेको स्थानीयको अारोप छ ।

वडाअध्यक्षले प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने धम्की समेत दिएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ