बिना मगरकाे छड्के , मन्त्रालयका सचिव सहित कर्मचारीलार्इ कार्वाहिकाे चेतावनी !

बिना मगरकाे छड्के , मन्त्रालयका सचिव सहित कर्मचारीलार्इ कार्वाहिकाे चेतावनी !

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, चैत ५ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन् ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आइतबार मन्त्रालयमा छड्का जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए । मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो ।

‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन’, मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भोलिदेखि मन्त्रालयमा समयमै उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन् । – नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ