अफगानिस्तान, ४ चैत ।
अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परि २९ तालिबान लडाकूको मृत्यु भएको छ ।
अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आज जनाएको छ ।
सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ ।
हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, सङगीन र मार्जाह जिल्लामा शनिबार आक्रमण भएको र त्यसमा परी २९ जना तालिबान लडाकू मारिएका छन् ।
सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । यस घटनाका बारेमा तालिबान लडाकूहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline