अमेरीकाद्धारा ताईवानसँगको नीति परिवर्तन ,चीनसँग कुटनीतिक सम्बन्धमा तुषारापात आउने

अमेरीकाद्धारा ताईवानसँगको नीति परिवर्तन ,चीनसँग कुटनीतिक सम्बन्धमा तुषारापात आउने

  • आइतवार, चैत्र ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, चैत ४ ।
अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रा सम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गर्नु भए सँगै चीन रुष्ट बनेको हो ।

अमेरिकाको उक्त निर्णयले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि ब्यक्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीनका बिदेशमन्त्री लु काङले पत्रकार सम्मेलन गरी अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेको भन्दै आपत्ति जनाउनु भएको हो । चीनले अमेरिका र ताइवानबीच हतियार कारोबार हुने निश्चित प्रायः भएको भन्दै असन्तुष्टि जनाएको छ ।

हाल अमेरिका र ताइवानबीच कूटनीतिक सम्बन्ध स्थापित नभएको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकाले चीनलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको थियो भने ब्यापारिक सम्बन्ध भने यथावत् राखेको थियो ।

नयाँ कानुनले ताइवानलाई एसियामा प्रजातन्त्रको ज्योतिको रुपमा चित्रण गर्दै ताइवानले हासिल गरेको उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ