गोकर्णमाथि नेकपाको ‘जनकारवाही’ !

गोकर्णमाथि नेकपाको ‘जनकारवाही’ !

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

३ चैत्र,चितवन । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरस्थित वीपी कोइराला मेमोरिय क्यान्सर अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटालाई कालोमोसो दलेको छ ।

सापकोटाले अस्पतालमा व्यापक आर्थिक अनियमितता गरेको, पहुँचको भारमा उमेर नाघिसक्दा पनि सेवामा रहेको, मेसिन खरिदमा कमिसन आएको, धेरै पदमा बसेर आर्थिक भार पार्नुको साथै गलत कार्य गरेको भन्दै चेतनावनीस्वरुप कालोमोसो दलेको हो ।

शनिबार विहान अस्ताल चोकमा नेकपाका कार्यकर्ताहरुले सापकोटामाथि कालोमोसो दलेका हुन् । घटनास्थलमा छोडिएको पर्चामा उनीमाथि ९ ओटा आरोप लगाइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले समेत सापकोटाले अस्पतालमा छानविन गरेको भन्दै छानविन कमिटी बनाएको थियो ।

सापकोटमाथि लागेका ९ आरोप

१. नियम विपरित पैसा र पहुँचको भरमा ४० वर्ष उमेर नाघेर पनि स्थायी भएको ।

२. टिएडिएमा व्यापक अनियमितना गरेको ।

३. मेसिन खरिदमा ठूलो कमिसन असुलेको ।

४. हैसियत विना क्यान्सर हस्पिटलको टन्डर मूल्यांकन समितिको सदस्य र नेपालगंज खजुराको मार्केटिङ चिफ भई ब्रह्मलेट गरेको ।

५. एउटै व्यक्ति दुई तीन पदमा बसी काम गरेको ।

६. नियमित इलेक्ट्रोनिक हाजिर नगरी पहुँचको भरमा ड्यूटी गर्ने गरेो र आफ्ना नजिकको कर्मचारीलाई उसकै नियम बनाएर चलाएको ।

७. रिक्त स्थानमा नयाँ नियुक्ति गर्दा विज्ञापन नगरी नियम विपरित आफ्ना मान्छे राखेको ।

८. आस्पतालको पैसामा विभिन्न देश घुमेर अस्तपतालाई आर्थिक भार पारेको ।

९. अस्पतालको टुन्डरमा कर्मचारी नियुक्ति र बढुवामा अनियमितता गरेको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी