काठमाडौ ३ चैत्र ।
काठमाडौ उत्यकामा आज घोडेजात्र पर्व मनाइदैछ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन यो पर्व मनाउने गरिन्छ । घोडे जात्राको अवसरमा नेपाली सेनाले राजधानीको सैनिकमन्च टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा नेपालस्थित विभिन्न कुटनितिक नियोगका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले आज घोडा दौड, शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाईकल खेल तथा युद्धकलाको प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किंवदन्ती छ ।
यस्तै आजै ललितपूरमा एक्लो घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक बिदा समेत दिएको छ