आज कैलाली बन्द, जनजीवन प्रभावित

आज कैलाली बन्द, जनजीवन प्रभावित

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौ ,३ चैत्र ।
पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी कैलालीले आज जिल्ला बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैबाट त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बजार पसल तथा यातायातका साधन ठप्प छन् भने शैक्षिक संस्थाहरु सन्चालनमा आउन सकेका छैनन् । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको घटनासँग जोडेर आफ्ना नेता कार्यकर्ता पक्राउ गरी झुट्टा मुद्दा लगाएको विरोधमा बन्द आह्वान गरेको नेकपाले जनाएको छ ।

नेकपाका सेती ब्यूरो इन्चार्ज सिकन्दरले विज्ञप्ति जारी गर्दै मेयर चौधरीको घटनासँग आफ्ना नेता कार्यकर्ताको संलग्नता नभएको तर प्रहरीले गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएको भन्दै विरोध जनाएका छन् ।

उहाँले पुष्टी नभएको आरोपमा कार्यकर्ता सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । नेकपा कैलालीले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाईको माग समेत गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेकपाको युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सदस्य कमल क्षेत्री, घोडाघोडी नगरपालिका सेक्रेटरी भरत शाह, टिकापुर नगर सेक्रेटरी हृदय बोगटी, धनगढी उपमहानगरपालिका सदस्य पुरन खनाललाई गिरफ्तार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ