कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला गर्ने एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला गर्ने एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

गम्भीर कैफियत देखिएकाले सिआइबीलाई सूचना दिनुपर्यो: राष्ट्र बैंक

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौँ, २ चैत। 

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ ।

कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले एनसीसी बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट रहेका छन् ।

यस्तै बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सो बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितामणि उपाध्याय र शाखा प्रबन्धक मोहन खरेल रहेका छन् ।

एनसिसि बैंकसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धकलगायतले कृत्रिम ऋणी खडा गरी नागरिकको निक्षेपमाथि अनियमितता गरेका थिए ।

उनीहरुले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । निश्चित क्षेत्रको कमसल जमिनमा विभिन्न ऋणी खडा गरी कर्जा प्रवाह गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै कमसल जग्गा धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराइ साक्षी समेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको पाइएको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

उपरीक्षक ओलियाकाअनुसार एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको, अधिकांश धितो मूल्यांकन प्रतिवेदन यथार्थपरक नरहेको पाइएको छ ।

एनसिसी बैंकसँग गाभिने सम्झौता गरेपश्चात् एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष धिताललगायतले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पु¥याएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अनुरोधमा प्रहरीको विशेष टोलीले जोरपाटी, सानेपा, कपन, कमलादी, बागबजारलगायत स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

प्रहरीले बैंकिङक कसुर गरेका केही व्यवसायी र बैंक कर्मचारीलाई यसअघि पनि पक्राउ गरी कारबाही गर्दै आएको भए पनि एपेक्स बैंक प्रकरण भने हालसम्मकै ठूलो हो ।

बैंकले प्रवाह गरेको कर्जाको सम्पूर्ण कागजात झिकाएर यर्थाथ अध्ययन गर्ने र सोही आधारमा प्रमाण पेश गरी कारबाहीको तयारी ब्यूरोले गरेको छ ।

यसैबीच , नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जरका क्रममा गम्भीर कैफियत देखिएकाले सिआइबीलाई सूचना दिनु परेको बताउनुभयो ।

उहाँका अनुसार एपेक्सले कर्जा प्रवाह व्यावसायिक सुशासनमा गम्भीर गल्ती गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन परेको हो । यो प्रकरण प्रहरीकोमा पुगेकाले केन्द्रीय बैंकले थप केही भन्न नसक्ने उहाँको भनाइ छ ।

प्रवक्ता पौडेलका अनुसार सरकारवादी मुद्दा भएकाले यसको अनुसन्धान र कारबाही सोहीअनुसार हुनेछ ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कृषि विकास बैंक स्वयम्भू र नयाँसडक शाखामा कर्मचारीबाट भएको हिनामिनामा पनि अनुसन्धान गरी कारबाही गरेको थियो । पछिल्लो दिनमा ब्यूरोले आर्थिक अपराधका अलावा अन्य अपराधमा समेत आफ्नो क्षमता देखाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी