माओवादीका जनसेनाले थापेको एम्बुसमा परि ९ जना कमाण्डरको मृत्यु

माओवादीका जनसेनाले थापेको एम्बुसमा परि ९ जना कमाण्डरको मृत्यु

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१ चैत्र,काठमाडौं । भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ ।

भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा परी अन्य अाधा दर्जन भारतीय सरकारी सेना गम्भीर घाइते भएका छन् । गस्तीमा अाएको कोब्राको गाडीलाई माओवादी जनसेनाले ल्यान्डमाइनमा पारेका थिए ।

घटनामा माओवादी छापामार अप्रेसनमा गएको माइन प्रतिरोध (एन्टी-ल्यान्डमाइन) गाडी निकै माथि उडेर पर हुत्तिएको थियो । माइन विस्फोटसँगै सरकारी सेनाको भागाभाग भएको थियो भने माओवादी सेनाहरुले भारी मात्रामा हातहतियार कब्जा गरेको भारतीय संचारमाध्यमहरुलाई उदृत गर्दै जनमेल अनलाइनले लेखेको छ ।

केही दिन पहिले तेलंगनाको बिजापुर क्षेत्रमा सरकारी सेनाले माओवादीसँग मुठभेडमा भन्दै १० जना स्थानीयको हत्या गरेको थियो ।

स्मरण रहोस्, गत साल यसै जिल्लामा माओवादी छापामारको एम्बुसमा परेर३७ जना सरकारी सुरक्षा फौजको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ