आज विश्व उपभोक्ता दिवस, नेपालमा पनि मनाइदै

आज विश्व उपभोक्ता दिवस, नेपालमा पनि मनाइदै

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, चैत्र १ ।
आज विश्व उपभोक्ता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । यो दिवस हरेक वर्षको मार्च १५ तारिखका दिन मनाइने गरिन्छ ।

सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाई लाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गर्नुभएको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

पछि सन् १९८५ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट पनि केही बुँदा थपी आठ अधिकारको अनुबन्ध पारित गरिएको थियो ।

दिवसका अवसरमा उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले आज गोष्ठी, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चले पनि आज राजधानीका विशेष कार्यक्रमको आयोजना गरेको छ । विभिन्न संघ सस्थाले पानी, खाद्य स्वच्छता र उपभोक्ता अधिकार विषयमा कार्यक्रम गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ