सर्वोच्चको ‘कामु प्रधानन्यायाधीश जोशी’, पराजुली हटाइए

सर्वोच्चको ‘कामु प्रधानन्यायाधीश जोशी’, पराजुली हटाइए

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, चैत १ । सर्वोच्च अदालतको वेबसाइटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम हटाइ ‘कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी’ रहेको विवरण सार्वजनिक गरिएको छ ।

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार एक पत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै पदमुक्त भएको जानकारी दिएका थिए । तर प्रधानन्यायाधीश पराजुलीले सो पत्र अवैधानिक रहेको र सचिवलाई त्यस्तो पत्र जारी गर्ने संवैधानिक अधिकार नभएको दावी गर्दै आएका थिए ।

सर्वोच्च अदालतले बिहीबार आफ्नो वेबसाइटमा प्रधानन्यायाधीश पराजुलीको विवरण हटाई ‘कायम मुकायम प्रधानन्यायाधीश’ का रुपमा वरिष्ठ न्यायाधीश जोशीको विवरण राखेको छ ।

सर्वोच्चको वेबसाइटका अनुसार कायम मुकायम प्रधानन्यायाधीशकै हैसियतमा जोशीले बिहीबारका लागि मुद्दाको पेशीसमेत तोकेका छन् । आज पेशी तोकिएका न्यायाधीशहरुमा यसअघि प्रधानन्यायाधीश पराजुलीको इजलास वहिष्कार गर्ने न्यायाधीश चोलेन्द्र शमशेर जवराको नाम पनि छ ।

पराजुलीको नाम पूर्वप्रधानन्यायाधीशको सूचीमा समेत राखिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ