देशभर संगठन विस्तार अभियानमा कृयाशील क्रान्तिकारी पत्रकार संंगठन नेपालको पाल्पाको दोस्रो जिल्ला सम्मेलनले प्रबेश पन्थि अध्यक्ष र सचिवमा शुशिला गैह्रे रहने गरि ११ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
जसको सदस्यहरुमा अशोक नेपाल, गणेश सापकोटा, बिष्णु प्रोख्रेल, श्रीराम बस्याल, विवेक गाहा, शुशिला शर्मा र २ जना पछि थप्ने गरि ।
उक्त बवसरमा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार सगठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल सयोजक प्रकाश डुम्रेले पिडीत जनताको अभिव्यक्ती स्वतन्त्रताकोलागि सवैखाले मौलिक अधिकार स्थापीत गर्न आफ्नो संगठन सधैं संघर्षरत रहने बताए ।
कार्यक्रामा बिशिस्ट अतिथि नेकपाका पाल्पा जिल्ला ईन्चार्ज सामना बिक, पत्रकार भुवन कार्की लगाएतले मन्तव्य राखेका थिए ।
क्रान्तिकारी पत्रकार संगठनको बैशाखमा राष्ट्रिय सम्मेलन हुन भइरहेका यस अवसरमा देश ब्यापी संगठन विस्तार तथा सुदिृढ अभियान चािलरेको छ ।