प्लोस्टाइन, फागनु ३० ।
प्यालेस्टाइनका प्रधानमन्त्री रमी हमदुल्लाहको सवारीलाई लक्षित गरी गाजा क्षेत्रमा हमला भएको छ । प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् । उक्त हमलाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन । प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले हमला भएको प्यालेस्टाइनका अधिकारीहरुको अनुमान छ ।
गाजा क्षेत्रमा प्रभाव बढाएको हमासले सो हमला गरेको हुन सक्ने उनीहरुको आशंका छ । हमासले भने सो हमलामा आफ्नो संलग्नता नरहेको जनाएको छ । हमासका प्रवक्ता फवजी बरहोमले हमलाको छानविन गरिने जनाएका छन् ।
राष्ट्रपति महमुद अब्बासले सो हमलाको निन्दा गर्नु भएको छ । उहाँले प्यालेस्टाइनका नागरिकको स्वतन्त्रता हासिल गर्ने अधिकारलाई कुल्चने प्रयास स्वरुप हमला भएको प्रतिक्रिया जनाएका छन् ।