प्रख्यात वैज्ञानिक स्टेफेन हकिङको निधन

प्रख्यात वैज्ञानिक स्टेफेन हकिङको निधन

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी, फागुन ३० ।
प्रख्यात वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चर्चित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक समेत रहेका  हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् ।

सन् १९४२ मा जन्मिएका हकिन भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका  शोध निर्देशक समेत हुनुहुन्थ्यो ।

सन् १९६३ मा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो । १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले  क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले ’हकिङ रेडियसन’ फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो ।

१९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रीथिङ’ नामक चलचित्र नै बनेको थियो ।

आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई  पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी