बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

ओखलढुङ्गा, फागुन ३० ।
ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को २ च १३४९ नम्बरको जीप सडकबाट तल खस्दा जीपका चालक सिद्धिचरण नगरपालिका–१ तलुवा बस्ने २१ वर्षीय शिवकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सह–चालक मानेभञ्जयाङ गाउँपालिका–७ टोक्सेलका १९ वर्षीय अर्जुन गौतम गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको मिशन अस्पतालमा उपचार भईरहेको छ ।

ओखलढुङ्गाबाट बोइलर कुखुरा लिएर सोलुखुम्बुतर्फ जादै गरेको जीप आज विहान करिब साढे ३ बजे सिद्दिचरण नगरपालिका–११ स्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा सय मिटर तल खसेर दुर्घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ