बस दुर्घटनामा ३८ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जनाको मृत्यु

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

इथियोपिया, २९ फागुन। 

इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।

राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “सोमबार इथियोपियाको लेगाम्बो जिल्लामा भएको दुर्घटनामा १० महिलासहित कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।”

प्रहरीका अनुसार घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्राप्त समाचारमा उल्लेख छ । दुर्घटनाबारे प्रहरी छानविन शुरु गरिसकेको बताइएको छ ।

अफ्रिकाको दोस्रो धेरै जनसङ्ख्या रहेको मुलुक इथियोपियामा बस यात्राका लागि विश्वसनीय साधन मानिने गर्छ तर पनि भर्खर बन्दै गरेका कच्ची सडक र कमजोर पूराना सडक संरचनाका कारण प्रत्येक बर्ष सयौँको सङ्ख्यामा यहाँका नागरिकको ज्यान जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी