भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो : राष्ट्रसंघ

भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो : राष्ट्रसंघ

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

स्वीट्जरल्याण्ड, २९ फागुन ।

सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो समय भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)का अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान खोज्दै विदेश भौतारिने भेनेजुयालीको सङ्ख्यामा दुई हजार प्रतिशतले वृद्धि भएको छ । यसमा पनि पछिल्ला १४ महिनामा उक्त सङ्ख्यामा नाटकीय रूपमा वृद्धि भएको छ ।

भेनेजुयलामा पछिल्ला केही महिना यता आर्थिक तथा राजनीतिक सङ्कट बढ्दो देखिएपछि यूएनएचसीआरले भेनेजुयलाको वरपरका आठ मुलुकमा लागु हुनेगरी क्षेत्रीय उद्धार योजना ल्याएको, यूएनएचसीआरका प्रवक्ता आइकातारिना कितिदीले भन्नुभयो ।

“भेनेजुयलामा जारी राजनीतिक सङ्कटका कारण विदेशिएका भेनेजुयाली नागरिक स्वदेश फर्किन नमान्ने गरेका पाइन्छ,” उहाँले बताउनुभयो । भेनेजुयालाको राजनीतिको प्रत्यक्ष प्रभाव ब्राजिल र त्यो पनि बोआभिष्टा शहर वरपर रहेको उहाँको भनाई छ ।

कितिदीका अनुसार उक्त क्षेत्रमा करिब ४० हजार मानिसले शरण लिई बसेका छन् । उक्त ठाउँमा रहेका सयौँ भेनेजुयाली नागरिक खुला आकाशमा रातदिन विताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ