प्रतिबन्धका बाबजुद सिंङ्गापुरले गर्यो उत्तर कोरियालाई सहयोग

प्रतिबन्धका बाबजुद सिंङ्गापुरले गर्यो उत्तर कोरियालाई सहयोग

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं फाल्गुन २९, ।

उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धका बाबजुद सिङ्गापुरका दुई कम्पनीले विलासिताको सामाग्री निर्यात गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले कारवाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन गर्दै ती कम्पनीले उत्तर कोरियालाई सामाग्री निर्यात गरिरहेको दाबीसहितको प्रतिवेदन राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गरिएको छ ।

सो प्रतिवेदनका आधारमा यही साताको अन्त्यसम्ममा ती कम्पनीमाथि कारवाही गरिने परिषदलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सिङ्गापुर सरकारले पनि सो घटनाबारे जानकारी आएको र अनुसन्धान शुरु गरिसकेको जनाएको छ । ती कम्पनीले भने कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् ।

उत्तर कोरियाले आणवीक कार्यक्रम र क्षेप्यास्त्र परीक्षण नरोकेपछि उमाथि विश्वव्यापी रुपमै प्रतिबन्ध लगाइएको छ । राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत सन् २००६ यता उत्तर कोरियालाई विलासिताको सामाग्री निर्यात गरे गैरकानुनी हुनेछ । यस्तै, सिङ्गपुरले पनि केही बर्षयता त्यस्ता सामाग्री उत्तर कोरिया निर्यातमा रोक लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ