बुटवल , २९ फागुन ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको जिल्ला सम्मेलन आज भुमहिमा सम्पन्न भएको छ ।
सम्मेलनले शिव डुम्रे अध्यक्ष रहने गरि १३ सदस्यीय जिल्ला समिति निर्वा्चित गरेको छ । संगठनको सचिवमा प्रतिक्षा उपाध्याय रहनुभएको छ ।
सदस्यहरु धनिराम चौधरी नैना क्षत्री , शिद्धिचरण गुप्ता , विकास आचार्य , अस्मीता गैरे लगायत रहेका छन् ।
सम्मेलनको उद्घाटन संगठनका नेन्द्रिय सदस्य तथा लुम्बिनि ब्युरो संयोजक प्रकाश डुम्रेले गर्नुभएको थियो ।
सो क्रममा उहाँले राज्यपक्षबाट नै आस्थाको आधारमा कलमजिवी पत्रकारहरुमाथि धरपकड हुने क्रम बढेको भन्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गर्नुभयो ।
पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउन पाउनुपर्ने भन्दै प्रश तथा अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य गर्न नहुनेमा जोड दिनुभयो ।
सम्मेलनमा नेकपाका जिल्ला ईन्चार्ज सुमन ज्ञवाली ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुृरुषोत्तम सुवेदी , नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा , वरिष्ठ पत्रकार डा. शिवसंकर वस्याल , प्रेस चौतारीका जिल्ला अध्यक्ष्य केशव पराजुली लगायतले संबोधन गरेका थिए ।

