अखिल (क्रान्तिकारी)का महासचिव चलाउनेलाई सम्मेलनको बन्द सत्रमा भव्य स्वागत तथा सम्मान

अखिल (क्रान्तिकारी)का महासचिव चलाउनेलाई सम्मेलनको बन्द सत्रमा भव्य स्वागत तथा सम्मान

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दाङ, २९ फागुन ।
अखिल (क्रान्तिकारी) का महासचिव दिपेन्द्र चलाउनेलाई रिहाइ पछि राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आज भव्य स्वागत गरिएको छ ।

हिजो रिहाइ हुनुभएका महासचिव चलाउने साँझै दाङको घोराहीमा भइरहेको अखिल (क्रान्तिकारी)को २१ राष्ट्रिय सम्मेलनको बन्दसत्रमा आइपुग्नुभएको हो ।

राष्ट्रिय सम्मेलनको तयारीकै क्रममा १७ दिन अघि गिरफ्तार हुनुभएका चलाउनेलाई हिजै रिहाइ गरेपछि आज बिहान सम्मेलनको बन्दसत्रमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढा मगर, पार्टीका केन्द्रीय सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज कृष्ण अधिकारी लगायत सम्पूर्ण अतिथिहरु, अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्ण सिंह लगायत राष्ट्रिय सम्मेलनका सम्पूर्ण आयोजक कमिटि सदस्यहरु बन्दसत्रका सबै प्रतिनिधिहरुका बीचमा दोसल्ला ओढाएर भव्य स्वागत एवं सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ